नियम
अपाङ्गपन निर्धारण समिति

(१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गको परिभाषा र अपाङ्गपन निर्धारणको लागि कुनै चिकित्सक नतोकिएकोमा मन्त्रालयले
सोही उपदफाको प्रयोजनको लागि अपाङ्ग कल्याणसंग सम्बन्धित संघ, संस्था, चिकित्सक र विशेषज्ञहरु समेत समावेश गरी सात जनासम्मको एक अपाङ्गपन निर्धारण समिति गठन गर्न सक्नेछ । यसरी गठन हुने समितिको अध्यक्ष, सदस्य र सचिवको नाम तथा निजहरुको पदावधि सोही समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम गठिन समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्नेछ ।